शिवराज आचार्य
थाक्रे
धादिङको थाक्रे गाविस वडा नम्बर ४ को खनायखर्कमा सामुदायिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

 

thakre vdc photo

६० जना भन्दा बढीको उपस्थितीमा भएको उतm कार्यक्रममा खासगरी भुकम्प पछिको पुननिर्माण र भुकम्प प्रतिरोधी घर कसरी बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रित भएको थियो । कार्यक्रममा बोल्दै ईन्जिनियर अनिल कुमार ले पुननिर्माण गर्दा यदि ९/१२ को घर बनि सकेको भए त्यो फेल नहुने बताउनु भयो । हामीले यो किसीमका घरहरु लाई पनि प्राधिकरणमा पठाउँने छौ । उता बाट के कस्तो किसिमको नियम आउछ त्यसै अनुसार काम गर्ने ईन्जिनियर अनिलले बताउनु भएको छ ।

एकान्टविलिटि ल्यावद्धारा सञ्चालित सिटिजन हेल्प डेस्क परीयोजनाको आयोजना तथा रेडियो राजमार्ग र रेडियो धादिङको सहकार्यमा भएको कार्यक्रममा उहाँले घर बनाएको छैन भने अब १२/१२ को नै बनाउन समेत आग्रह गर्नु भएको थियो । कार्यक्रममा थाक्रे गाबिसका प्राबिधिक ईन्जिनियर , स्थानिय समुहका सदस्यहरु , बडा नम्बर ३ , ४ र ५ का भुकम्प पिडितहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण सिटिजन हेल्प डेस्क परीयोजनाको स्थानिय प्रतिनिधी महेश्वर सुवेदीले गर्नु भएको थियो ।


२०७३ फागुन ०५ गते प्रकाशित


 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here