मंगलवार, कार्तिक १० गते २०८३

Tuesday, Oct 27 2026 मंगलवार, कार्तिक १० गते २०८३

हेर्नुस् साइकल चलाउँदै काठमाडौँको सडकबाट गरेको गोप्रो लाइभ

हेर्नुस् साइकल चलाउँदै काठमाडौँको सडकबाट गरेको गोप्रो लाइभ

Sobizpress SuAdmin

५, चैत्र २०७५
  • 3.5K
    SHARES
  • हिजोको ब्लगमा पनि लेखेको थिएँ, पहिले कति गाह्रो थियो भिडियो लाइभ गर्न। त्यस्तो बेला पनि नारायणहिटी राजदरबारबाट ज्ञानेन्द्र बाहिरिँदाको भिडियोसहित लाइभ गरिएको थियो। त्यसपछि नागरिकन्युजमा काम गर्दा नागरिक नायक कार्यक्रमको लाइभ भिडियो प्रसारण पनि गरिएको थियो। त्यतिबेला फेसबुक र युट्युबबाट लाइभ गर्ने सुविधा थिएन। युस्ट्रिमबाट लाइभ गरिएको थियो। अहिले त यसको नाम पनि आइबीएम क्लाउड भिडियो बनाइसकिएको रहेछ। बजियाहरुले पुरानो भिडियो सबै डिलिट गरेछन् नि। अहिले हेर्दा त एउटै पुरानो भिडियो देखिन्न त। अहिले त लाइभ गर्न कति सजिलो, इन्टरनेट पनि मोबाइलमा फोर जी छँदैछ। आज साइकल चलाउँदै लाइभ गर्न मिल्ने रहेछ कि नाइँ टेस्ट गर्न मन लाग्यो। गोप्रोबाट सीधै लाइभ गर्न मिल्दैन भन्ने थाहा थियो। तर अर्को एपबाट जोडेर लाइभ गर्न मिल्ने रहेछ। न्युजिल्यान्डको घटनामा त्यसरी नै लाइभ भएको रहेछ। लाइभ ४ नामको एपले गोप्रोलाई फेसबुक लाइभमा जोड्ने रहेछ। आज यसैको टेस्ट दिउँसो साइकल चलाउँदा गर्न मन लाग्यो। नाकाबन्दीको बेला खुब साइकल चलाइएको थियो। अचेल फेरि साइकल चलाएर घर-अफिस गर्ने गरेको छु। साइकलको हेल्मेटमा गोप्रो जोडेँ। एपबाट गोप्रोलाई जोडेँ। त्यसपछि एनटिसीको फोरजी नेट। सुरुमा जोडिन अलि समय लाग्यो। रविभवनदेखि लाइभ जोडियो। रविभवनबाट सोल्टिमोड, कालिमाटी, टंकेश्वर, परोपकार, भीमसेनस्थान उकालो, भत्किएको काष्ठमण्डप हुँदै वसन्तपुर कुमारी घरअगाडि पुग्दा एक पटक सिग्नल कम भन्दै लाइभ काटियो। एकैछिनमा फेरि जोडियो। त्यहाँबाट जुद्ध शालिक, न्युरोड, वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पहिलोपोस्टको कार्यालय पुगियो। हेर्नुस् लाइभ गर्दाको भिडियो- त्यो जमानाको लाइभ र अहिलेको सजिलो लाइभ। यो अनुभव पनि गजबकै रह्यो।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०७५ मंगलवार - १२:१८:२४ बजे

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology