देश विकासका लागि नागरिकको जति दायित्व हुन्छ, त्यति राज्य सञ्चालनमा रहेका राजनितिक दल एवम् सरकारको पनि हुन्छ । नागरिक र राज्य सञ्चालनमा रहेका व्यक्तिहरु विच आपसी समन्वय भएन भने विकासको काम प्राय ठप्प हुने गर्छ । एउटा त्यो मध्यस्थकर्ता हो, जो नागरिक र राज्य सञ्चालनमा रहेका व्यक्तिहरु बिच सँधै सम्पर्कमा रहन्छ । सोहि मध्यस्थकर्ताको रुपमा रहेको पत्रकारिताको कारणले गर्दा देश विकासमा केहि परिवर्तन भएका छन् । विकास, सम्वृद्धी र जागरण सहित हामी परिवर्तनको विश्वासका साथ आएका छौँ ।
राजनितीक दलको मुखपत्रको रुपमा प्रकाशन र प्रशारणमा रहेका सञ्चार माध्यमहरु अहिले नेपालमा अनगिन्ती छन् । यो आरोप अनलाईन मिडियामा पनि छ । एकातिर राजनितीक दलको मुखपत्र नभई मिडिया हाउस सञ्चालन गर्न गाह्रो पनि छ । अर्कोतिर राजनितीक दलको मुखपत्र भएर नागरिकको खबर नागरिक सम्म लगि नागरिकलाई सुसुचित गराउने काम सजिलो पनि छैन । अप्ठरोको बिच पनि पक्ष रहित पत्रकारिताको वकालत गर्दै हामी आएका छौँ ।
मुलुकले अहिले सूचना र सञ्चारमा निकै फड्को मारेको छ । विद्युत्तिय सञ्चार माध्यमको रुपमा रहेको रेडियो र टेलिभिजन अधिकाँश नागरिकको पहुँचमा छ । प्रिन्ट मिडिया (दैनिक, मासिक, पाक्षिक, साप्ताहिक पत्रिकाहरु) शहर केन्द्रित मात्र छ । यतिबेला विश्व डेस्क्टप, ल्यापटप, नोट बुक र आइप्याडमा आइपुगेको छ । नागरिकको हातमा स्मार्ट फोन संगै तिव्र गतिको इन्टरनेट पनि पुगेको छ । समय सँगैको आवश्यकतालाई शिरोधार्य गर्दै हामी आएका छौँ ।
अनलाईन मिडीयाको यो बगैँचारुपी भिडमा एउटा बिरुवा नागरिकपाटी डटकम उम्रिएको छ । अब यो विरुवालाई समयमै मलजल अनि चिसो, तातो सँगै मौसम अनुकुलको वातावरणलाई ध्यान दिन हाम्रो प्रयास त जारी नै रहनेछ । तर तपाईको तर्फबाट पनि सहयोग, सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा सहित सत्य, तथ्य र विश्वसनियतामा कुनै पनि आँच नआउने गरि विशेषत विकास, सम्वृद्धी र जागरणको क्षेत्रमा नागरिकलाई सुसुचित बनाउने अभियानमा हाम्रो कलम सदैव चलिरहनेछ ।
अन्त्यमा,
आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ साल चैत्र ९ गते फागु तथा होली पर्व देखी परिक्षण प्रकाशन र नेपालको संविधान २०७२ जारी भएको ठिक १ वर्ष २०७३ साल असोज ३ गते देखि औपचारिक रुपमा प्रकाशन तथा सञ्चालनमा आएको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान-प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।
- प्रकाशक