मंगलवार, कार्तिक १० गते २०८३

Tuesday, Oct 27 2026 मंगलवार, कार्तिक १० गते २०८३

राष्ट्रपतिको फिर्ती सवारीमा पनि जनतालाई सकस, त्यो राजतन्त्रकालीन परम्परा फेर्नै नहुने?

राष्ट्रपतिको फिर्ती सवारीमा पनि जनतालाई सकस, त्यो राजतन्त्रकालीन परम्परा फेर्नै नहुने?

Sobizpress SuAdmin

५, चैत्र २०७५
  • 4.3K
    SHARES
  • तपाईँलाई याद होला, राष्ट्रपति विद्यादेवी भण्डारी सेनाको रात्रिभोजमा जाँदा ४० मिनेट बाटो रोकिएपछि मोटरसाइकल चालकहरुले विद्रोह गरी ट्राफिकलाई नटेरी चलाएको। त्यो भिडियो भाइरल भएपछि त्यसको चेन इफेक्ट परेको छ। कतै ट्राफिकले धेरै समय बाटो रोके ट्याँ ट्याँ हर्न बजाउन थालिन्छ अचेल। राष्ट्रपति अमेरिका भ्रमणमा जाँदा एकतर्फी बाटोमात्रै रोकियो भन्ने प्रचार गरियो। साँझ ७ बजिसकेपछिको सवारी थियो त्यो। एकतर्फी हो कि दुईतर्फी फोटो हेर्न पाइएन। तर आज राष्ट्रपति अमेरिकाबाट फर्कँदा भने फेरि पनि दुईतर्फी नै बाटो बन्द गरियो। सुरुमा ट्राफिकले दिउँसो ३:३० बजे दुईतर्फी बाटो रोक्ने सूचना दिएको थियो। तर पछि समाचार आएपछि भने फेसबुकको त्यो सूचना डिलिट गर्दै ३:५० मा अर्को सूचना राखियो- यसमा भने एकतर्फी मात्रै बाटो बन्द गरिने सूचना थियो। एकतर्फी मात्रै बाटो बन्द गरियो कि दुईतर्फी भनी फोटो खिच्न पठाउँदा दुईतर्फी नै बाटो बन्द भएको देखियो।   ४ बजेर ३४ मिनेटमा बल्ल ट्राफिक प्रहरीको फेसबुकले सबै ठाउँको सवारी आगमनको अवरोध हटेको बतायो। एक घण्टा यी ठाउँका बाटो बन्द भएछन्। किन त? खासमा उहिले बाजेको पालादेखि चलन रहेछ- राजा औपचारिक भ्रमणका लागि देशबाहिर जाँदा र आउँदा दुईतर्फी बाटो रोकेर स्कर्टिङसहितको सवारी चलाउने। त्यतिबेला त सवारी राजाको हुन्थ्यो, रैतीको के हैसियत र। चुपचाप लाएर हेरी बस्नु बाहेक विकल्प थिएन। राजालाई पनि बाटो बन्द हुँदा रैतीलाई जे असर परे पनि के मतलब। तर राजतन्त्र हटेर गणतन्त्र आइसक्दा पनि राष्ट्रपतिले नागरिकलाई रैतीकै हैसियतमा ठान्न नहुने हो। त्यस्तो सामन्ती परम्परा त तोडिदिए हुन्थ्यो। राष्ट्रपति भनेको सेनाका पनि परमाधिपति हुन्। सेनाले बनाउने सवारी चलाउँदाको सुरक्षा योजनालाई परिमार्जन गर्न लगाउने हैसियत राष्ट्रपतिको पक्कै हुन्छ। विदेश भ्रमणबाट फर्कँदा त्यसरी मोटरसाइकलहरुको स्कर्टिङसहित दुईतर्फी बाटो रोकिराख्न किन जरुरी थियो र। चलन भनेको त सर्वसाधारणको सुविधालाई हेरी परिमार्जन गर्दै लाने हो नि। यदि त्यसो नगर्ने हो भने त उहिले राजा विदेश भ्रमणमा जाँदा र आउँदाको जस्तै सार्वजनिक विदा नै दिए भइहाल्थ्यो नि। त्यसैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्कँदा विमानस्थलमा लर्को लाएर उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, अरु संवैधानिक निकायका प्रमुख पनि किन गइराख्नु पर्‍यो र। राजाको पालामा त जाँदा फर्कँदा सार्वजनिक विदा हुन्थ्यो र अरु काम हुन्न भन्ने हुन्थ्यो। अहिले त काम पनि हुन्छ। जसरी संवैधानिक राष्ट्रपति देशभित्रका कुनै ठाउँमा भ्रमणमा जान्छिन् त्यसरी नै देशबाहिर जाँदा के बिग्रन्छ र? उस्तै परे उपराष्ट्रपति जाँदा हुन्छ। किनभने उपराष्ट्रपति त राष्ट्रपतिको अनुपस्थितिमा कार्यवाहक जिम्मेवारी पनि पाउनेवाला हुन्। खास त उपराष्ट्रपति पनि नगए हुने। किन भने उपराष्ट्रपति सवारी हुँदा पनि फेरि बाटो रोक्नुपर्ने हुन्छ। दुःख पाउने जनता नै हुन्। र, अन्त्यमा राष्ट्रपतिको सवारीका लागि मान्छेहरुलाई बाटो रोके पनि सुरक्षाकर्मीले सर्पलाई भने रोक्न सकेन। राष्ट्रपति हिँड्नका लागि तयार पारिएको रातो कार्पेटमा आज सर्पले बाटो काटिदियो। अस्ति जनताले बाटो काटे, आज जनावरले।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०७५ मंगलवार - १२:२०:४४ बजे

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology