मंगलवार, कार्तिक १० गते २०८३

Tuesday, Oct 27 2026 मंगलवार, कार्तिक १० गते २०८३

राजा फाल्नेलाई आफ्नै साथीबाट हत्याको डर, पूर्व भइसकेका राजा भने मधेसमा निस्फिक्री हिँड्दै

राजा फाल्नेलाई आफ्नै साथीबाट हत्याको डर, पूर्व भइसकेका राजा भने मधेसमा निस्फिक्री हिँड्दै

Sobizpress SuAdmin

५, चैत्र २०७५
  • 4.5K
    SHARES
  • आजको कोट अफ दि डे रह्यो प्रचण्डको भनाई। त्यसो त अस्ति मन्त्रिपरिषद्को बैठकले विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दा नै ओली र प्रचण्डलाई मार्ने निर्णय गरेको माइन्युट फेला परेको चर्चा चलेको थियो। त्यो लिस्टमा देउवाको पनि नाम रहेकोले देउवाले यो निर्णयको तुरुन्त समर्थन गरेको भन्ने हल्ला पनि सुनियो बीचमा। यो रे रेको कुरा मात्र थियो। तर आज एउटा कार्यक्रममा भने प्रचण्डले मुखै खोले। उनले भने, ‘पछिल्लो समयमा मेरै सचिवालयमा समेत बसेका विप्लवहरुले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्युट गर्नुभएको छ रे। पहिला मार्नुपर्ने मान्छे भनेर टिम पनि खटाउनु भएको छ रे भनेर सरकारका तर्फबाट सुनाउनु भो।’ के भा होला साथीहरुलाई? मलाई मारेर यो संघीय लोकतान्त्रिक गणतन्त्र अथवा यो परिवर्तन बच्ने हो त? उनको प्रश्न थियो। सधैँ राज्यको कडा सुरक्षा घेरामा रहने प्रचण्डलाई आफ्नै साथीहरुले आफ्नो हत्या गर्ने डर अहिले रहेछ। उनको मुखबाटै खुल्यो यो कुरा। राजा फाल्ने गरी गरिएको गणतन्त्रको आन्दोलनका नेतालाई आफ्नै साथीबाट हत्याको डर भइरहँदा पूर्व भइसकेका राजा भने मधेसमा निस्फिक्री हिँड्दैछन्। उनको केही दिनको मधेस यात्रा हिजोदेखि सुरु भएको हो। यस क्रममा आज उनी सर्लाहीको मलंगवा पुगे। राजा हेर्न भनी छिमेकी जिल्लाबाट समेत ओइरिएछन् मान्छे। एकताका ज्ञाने चोर देश छोड भन्दै नारा लाग्ने देशमा राजभक्तहरुले राजा आऊ देश बचाऊको नारा लगाए। उहिले शासन सत्ता हातमा लिँदा राजाको गाडीमा ढुंगा हानिन्थ्यो। अहिले राष्ट्रपतिको सवारीमा केही समय बाटो रोकिँदा सवारी चालकहरुले विद्रोह गर्न थाले। मार्ने माइन्युट फेला परेको भनी सरकार र आज स्वयं प्रचण्डको मुखबाट आएको कुरो प्रोपोगान्डा हो कि साँच्चै हो? साँच्चै हो भने त कसरी यस्तो सूचना आएको, कसबाट आएको आदि पनि प्रमाणसहित खुलाउनु पर्ने हो। फेरि सिकाएको कसले भन्ने पनि प्रश्न आउला। झापामा वर्गशत्रु भन्दै जमिन्दारको टाउको काट्दा ठीक अहिले क्रान्तिका दुश्मनलाई मार्न नहुने? प्रचण्डको नेतृत्वको बेला सुराकी गरेर जनयुद्धका दुश्मन भन्दै मान्छे मार्न हुने अहिले महान् जनताको क्रान्तिलाई धोका दिने दलालहरुलाई एक नम्बरमा मार्नुपर्छ भनेर विप्लवले कार्यकर्ताको दिमाग भुटेको भए को दोषी? के सिकाए र के सिके भन्ने कुरा पनि आउला नि आउन त। आउँदैन र? क्रान्ति भन्ने कुरा वास्तवमा जनतालाई उल्लु बनाउने भ्रान्ति कुरा हो भन्ने कुरा अब धेरैलाई थाहा हुनु पर्ने हो। जतिसुकै सिद्धान्तका ठूला कुरा भए पनि आफ्ना ती असन्तुष्ट साथीहरुलाई पनि पावर र पैसा मिलाएर बाँड्न सकेको भए यो अवस्था आउने थिएन। लड्ने बेलामा सँगै, अझ बढी जोखिम लिएर लड्ने, फल पाउने बेला सेयर नदिने भएपछि असन्तुष्टि आउँछ नि त। यसको नैतिक जिम्मेवारी पनि प्रचण्डले नै लिनु पर्ने हो खासमा। अब पनि उनले नै आफ्ना साथीहरुलाई त्यो बाटो ठीक छैन भनेर यही बाटोमा ल्याउन कन्भिन्स गराउनु पर्ने हो। नेतृत्व क्षमता छ भने उनले यसमा देखाउनु पर्ने हो। आफ्नो पालामा सरकारले गरेको कुरा बिर्सेर आफू सरकारपक्षीय भएर आफ्नै साथीहरुलाई त्यतिबेला गरेको जस्तो गरी नियन्त्रण गर्न खोज्दा त्यतिबेला के भएको थियो र अहिले के हुन्छ भन्ने पनि उनले नै बुझ्नुपर्ने हो। त्यत्रो वर्षको विरासत रहेको राजतन्त्र ढल्दा पनि निस्फिक्री हिँड्न सक्ने ज्ञानेन्द्र र गणतन्त्र स्थापना गरेर पनि पलपलमा हत्या हुने त्रास लिएर हिँड्नु पर्ने प्रचण्ड। समयले के के मात्र देखाउँदै जाने हो !

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०७५ मंगलवार - १२:२१:४३ बजे

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology