मंगलवार, कार्तिक १० गते २०८३

Tuesday, Oct 27 2026 मंगलवार, कार्तिक १० गते २०८३

बुद्ध एयरको ‘नयाँ’ एटिआर विमान साढे ११ वर्ष पुरानो, यो विमानको ‘कुण्डली’ हेर्दाका रोचक तथ्य

बुद्ध एयरको ‘नयाँ’ एटिआर विमान साढे ११ वर्ष पुरानो, यो विमानको ‘कुण्डली’ हेर्दाका रोचक तथ्य

Sobizpress SuAdmin

५, चैत्र २०७५
  • 3.9K
    SHARES
  • बुद्ध एयरको नयाँ विमान नेपाल आइपुगेको छ। एक अर्ब रुपैयाँको लगानीमा किनेको ATR72-500 विमान सोमबार राति काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ। उड्डयनसम्बन्धी जानकारी दिने वेबसाइट एभिएसन नेपालका अनुसार योसहित अब बुद्ध एयरसित १२ वटा एटिआर विमान हुनेछ। ‘9N-AMY’ कलसाइनमा यो विमान उड्ने छ। पक्कै पनि बुद्ध एयरका लागि यो ‘नयाँ’ विमानै हो। तर यसो यो विमानको कुण्डली खोजी हेर्दा पो थाहा भयो, यो साढे ११ वर्ष पुरानो सेकेन्ड ह्यान्ड विमान रहेछ। बुद्ध एयरले आफ्नो फेसबुकमा ७ मार्चमा एटिआरको फ्रान्सको टुलुजमा रहेको निर्माण कम्पनीमा रहेको फोटो राखेको थियो। विमान फ्रान्सबाट माल्टा हुँदै नेपाल उडेको थियो। माल्टा अन्तर्राष्ट्रिय विमानस्थलमा जेटफोटोजले यो विमानको फोटो लिन भ्याएको रहेछ हेर्दा विमान सादा नै देखिन्छ। किनभने यसमा बुद्ध एयरको लिभरी पेन्टिङ गर्न बाँकी नै छ। त्यो यतै ल्याएर गरिँदैछ। ‘सेकेन्ड ह्यान्ड विमान’ किन्न एक अर्ब रुपैयाँ लागेको भनिए पनि यो विमान नयाँ भने हैन। कुनै पनि विमानको कुण्डली पत्ता लगाउन सजिलो छ। यसको हेर्दाका रोचक तथ्य यस्तो थियो- २००७ मे २१ मा पहिलो उडान गरेको यो विमान यसअघि एयर टाहिटीले चलाउँथ्यो। यो फ्रेन्च पोलिनेसियाको एयरलाइन्स हो। त्यतिबेला यसको कल साइन F-OIQU थियो। कम्पनीले परीक्षण उडानका लागि भने कल साइन F-WWEL लिएको थियो। मे २००७ देखि टाहिटी एयरलाइन्सले यो विमान ११ वर्षसम्म चलाएर १२ फेब्रुअरी २०१८ मा कम्पनीलाई फर्काइदियो। त्यसपछि कम्पनीकै स्वामित्वमा यो विमान F-WKVH कलसाइनका साथ रह्यो। त्यही बेला सबैभन्दा धेरै एटिआर चलाइरहेको बुद्ध एयरले यो विमान किनेको हो। टाहिटी एयरलाइन्सले नै चलाइरहँदा यो विमान एउटा दुर्घटनाबाट बचेको थियो। एभिएसन एक्सिडेन्ट्स नेटमा राखिएको इन्सिडेन्ट रिपोर्ट अनुसार २५ जुन २०११ का दिन टेकअफ गर्ने बित्तिकै पाइलटले ट्याब कन्ट्रोल रड डिसकनेक्ट भएको देखेका थिए। विमानमा पाइलट र को पाइलट बाहेक अरु यात्रु थिएनन्। पाइलटले कुशलताका साथ विमान अवतरण गरेका कारण केही नराम्रो भएन। एयर टाहिटीले चलाउँदाको यो विमान। फोटो: जेटफोटोज

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०७५ मंगलवार - १२:०८:४५ बजे

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology