आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वर्ल्डलिंकको अब हरेक टीभीमा यूट्युब अफर

वर्ल्डलिंकको अब हरेक टीभीमा यूट्युब अफर

  • 4.4K
    SHARES
  • काठमाडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले अब हरेक टीभीमा यूट्यब नामक एउटा नयाँ प्रोडक्ट अफर सार्वजनिक गरेको छ । यस सेवा अन्तर्गत वर्ल्डलिंकका नेटटीभीको प्रयोगकर्ताहरूले अब आफ्नो टीभीमार्फत नै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो सुविधा स्मार्ट टीभीमा मात्र नभई ननस्मार्ट वा सीआरटी टीभीमा पनि उपलब्ध छ । हाल नेटटीभीले आफ्ना ग्राहकहरूका लागि ८० भन्दा बढी एच डी च्यानलहरूसँगै उत्कृष्ट तहको टीभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ । अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टीभी च्यानल कन्टेन्ट मात्र नभई आफूलाई मनपर्ने कन्टेन्टहरू कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्छन् । यो सुविधा प्रयोगकर्ताहरूले युट्युब स्क्रीनलाई आफ्नै स्मार्टफोनबाट टीभीमा कास्ट गर्न सक्नेछन् साथै नेटटीभीले मोबाइल फोनहरूमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुनेछ । यो अफर नेपालभर रहेका वर्ल्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरूका लागि उपलब्ध छ । पुराना प्रयोगकर्ताहरूले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटीभी सेटअप बक्ससँग नजिकै रहेको वर्ल्डलिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्ने कम्पनीले जनाएको छ ।
    २०७६ साउन ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १४:३२:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology