आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हेटौंडाको केही बस्ती डुबानमा ,पुर्वी मकवानपुरको यातायात अबरुद्ध

हेटौंडाको केही बस्ती डुबानमा ,पुर्वी मकवानपुरको यातायात अबरुद्ध

  • 4.4K
    SHARES
  • हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं ५ र १० का केही बस्ती डुबानमा परेका छन् । अविरल वर्षापछि खोलामा आएको बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो । प्रहरीले समयमा नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन ।यसैबीच, हेटौंडाको शिवम् सिमेन्टमा सामान पुर्‍याएर फर्कंदै गरेको भारतीय ट्रक हेटौंडा–१७ स्थित कर्राखोलामा डुबेको छ । यूपी ५६ डी ४०३९ नम्बरको ट्रक खोला पार गर्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।यस्तै मकवानपुरको हातीसुडेमा १० मिटर पहिरो खस्दा पुर्वी मकवानपुरको बाग्मती, बकैया गाउँपालिकाबाट सदरमुकाम जोड्ने बाटो रोकिएको छ ।
    २०७६ श्रावण ०८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०३:५४:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology