काठमाडौं । काँग्रेसको केन्द्रीय कार्यसमति बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत १४ एजेन्डामाथि क्रमिक रुपमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार विहीबारको बैठकमा नयाँ विधान अनुसार पार्टीको अन्तरिक संरचना निर्माणका सम्बन्धमा छलफल हुनेछ ।
साथै पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा पनि छलफल हुने छ ।