काठमाडौं । काठमाडौंमा एक लाख पुरस्कार राशीसहित अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुरको ढोलाहिटीस्थित एक्टिभ स्पोट्र्स कम्प्लेक्समा पहिलोचोटि यो प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा सरकारी तथा निजी बैंकले भाग लिन सक्नेछन् । २० वटा बैंकहरुले भाग लिने यो प्रतियोगिताको समुह चरणका खेलहरु आगामी शनिबार हुनेछन् । यसैगरी नकआउट स्टेजका खेलहरु भने १८ साउन, शनिबार आयोजना हुनेछ ।
बैंकहरुले हाल कार्यरत कर्मचारीलाई मात्र टोलीमा समावेश गर्न सक्ने आयोजकले जनाएको छ । एक्टिभ स्पोट्र्स कम्प्लेक्समा आयोजना हुने प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पाउनेछन् ।
२०७६ साउन ९ गते प्रकाशित