आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मिराई कादम्बरी कप-२०१९ हुने

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मिराई कादम्बरी कप-२०१९ हुने

  • 5.0K
    SHARES
  • काठमाडौं । फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अहिले शहरको माग बन्दै गएको छ। सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले काठमाडौं उपत्यकामात्रै होइन, उपत्यका बाहिरका सहरका युवा समेत झु्म्मिन थालेका छन्। शहरका विशेषताको रुपमा आजकाल फुटसललाई लिने गरिन्छ। सन् १९३० देखि नै फुटसलको सुरुवात भएको मानिन्छ। पराग्वेबाट यो खेल सुरु हुँदा दक्षिण अमेरिकामै तीनदशक भन्दा बढी सिमिति बन्यो। सन् २०१५ मा आइपुग्दा फुटसल विश्वव्यापिकरण भइसक्यो। सहरबासीका लागि फुटसल अपरिहार्य झैं बनिसक्यो। निष्पक्षतामा लागि युवा भन्ने मुल नारामा साथ कादम्बरि मेमोरियल कलेजको आयोजनामा प्रथम मिराई कादम्करी कप २०१९ अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । अन्तराष्टिय युवा दिवसको अवसरमा विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागेको फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रथम मिराई कादम्बरी कप २०१९ का संयोजक खिमानन्द देबकोटाले जानकारी दिए । प्रतियोगितातामा विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रगियोगिताको नारा अनुरुप निष्पक्ष खेलको माध्यम बाट दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ । प्रतियोगिताले दिगो विकास लक्ष्यका लक्ष्य नं। ३ स्वास्थ्य जीवनको सुनिश्चिता, लक्ष्य नं। ४ गुणस्तरीय शिक्षा र लक्ष्य नं। ५ लैंगिक समानाता लाई विशेष सहयोग पु¥याउनेछ । प्रगियोगितामा महिला खेलाडिलाई थप सक्रिय बनाउन महिला पुरुष समान १६–१६ टिमको सहभागिता गराउन लागिएको छ । राष्टिय तथा अन्तराष्टिय प्रतियोगितामा समेत महिला टिम लाई विभेद हुदै आईरहेको छ । विभिन्न रुपमा हुने विभेदलाई हटाउदै निष्पक्ष प्रतियोगिता सञ्चालन गर्न लागिएको देबकोटाले जानकारी दिए । धन्यन्तरि फुटसल प्रा। लि।मा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितालाई मिराई ऐजुकेशन प्रा। लि।ले शिष प्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले रु ३० हजारसहित ट्रफी र पदक तथा उपविजेताले रु २० हजारसहित पदक र ट्रफी पाउने छ । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । २०७६ साउन १० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०७६ शुक्रवार - १३:०१:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology