आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

१३औं सागको लागि करातेको बन्द प्रशिक्षण सुरु, ८४ खेलाडी सहभागि

१३औं सागको लागि करातेको बन्द प्रशिक्षण सुरु, ८४ खेलाडी सहभागि

  • 6.1K
    SHARES
  • काठमाडौं स् नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग०लाई लक्षित गरी करातेको बन्द प्रशिक्षण सुरु भएको छ। बिहीवारदेखि सुरु बन्द प्रशिक्षणमा ८४ खेलाडी सहभागी छन्। प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पहिलो, दोश्रो र तेश्रो भएका खेलाडीलाई समावेश गरिएको कराते प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन्। खेलाडीको अन्तिम चरणको छनोट ४५ दिनपछि हुने प्रमुख प्रशिक्षक उप्रेतीले जानकारी दिए। त्यसपछि पहिलो हुने खेलाडी मात्र बन्द प्रशिक्षणमा रहने छन्। टिम स्पर्धाको छनोट भने साउन १३ गते गरिने छ। बन्द प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे। सिलवालले आर्थिक भार बढ्छ भनेर खेलाडीको प्रशिक्षणमा सम्झौता गर्न नसकिने बताउँदै खेलाडीलाई इमान्दारीपूर्वक प्रशिक्षण गरी उत्कृष्ट नतिजा ल्याउन प्रयासरत रहन बताए। २०७६ साउन १० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०७६ शुक्रवार - १३:०४:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology