शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौडा सिमेन्ट उद्योग संकटमा

हेटौडा सिमेन्ट उद्योग संकटमा

  • 9.7K
    SHARES
  • काठमाडौं । नेपाली सिमेन्ट उत्पादनमा सबैभन्दा उच्च गुणस्तरको मानिने हेटौंडा सिमेन्ट यतिबेला आफ्नो पहिचान जोगाउन संघर्ष गर्दैछ । एशियाली विकास बैंकको सहयोगमा विसं ०३३ सालमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्छ । यद्यपि आम मानिसले यसलाई हेटौंडा सिमेन्ट भनेरै चिन्छन् । पूर्ण सरकारी स्वामित्वको यो उद्योग हरेक आर्थिक वर्ष नयाँ लक्ष्यका साथ अगाडि बढ्छ । तर, वर्ष अन्त्य हुँदा अनेकौं कारणले जेलिएर नतिजा पुनः निराश निस्कन्छ । नेपालका सबैखाले निर्माण क्षेत्रमा एकछत्र राज गर्ने भारतीय सिमेन्ट विस्थापित गर्न राजा वीरेन्द्रले सुनौलो परियोजनाको रुपमा खोलेका यो उद्योग अहिले सञ्चालन गर्नका लागि मात्रै सञ्चालित छ । आजभन्दा ३४ वर्ष पहिले नेपालमा पहिलो पटक गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने हेटौंडा सिमेन्ट उद्योग अहिले सिमेन्टको हब बनेर निर्यातमा देशले पाइला चाल्दै गर्दा आफू भने सञ्चालन चुनौतीबाटै ग्रसित बनेको छ ।
    २०७६ श्रावण ११ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०७६ शनिवार - २०:४८:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology