आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिंगापुरसँग नेपाल पराजित, नेपालको टी २० विश्वकप सपना अधुरै

सिंगापुरसँग नेपाल पराजित, नेपालको टी २० विश्वकप सपना अधुरै

  • 5.9K
    SHARES
  • काठमाडौं । सिंगापुरसँग नेपाल पराजित भएपछि नेपालको टी २० विश्वकप खेल्ने सपना अधुरै रहृयोभएको छ । आज भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए । उपकप्तान मल्ल दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । त्यसपछि नेपाल सम्हालिनै सकेन । एकपछि अर्को विकेट गुमाइरहृयो । निकै दबावमा आएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको जोडी अन्तिम आशा थियो । दुबैले सातौं विकेटका लागि ३१ रनको साझेदारी पनि गरिसकेका थिए तर, १३ .२ ओभरमा सोमपाल रनआउट हुन पुगे । दुई ब्याट्सम्यानबीच कम्युनिकेशन ग्याप हुँदा सोमपाल रनआउट हुन पुगेका थिए । यससँगै सिंगापुर जिततर्फ उन्मुख भयो । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
    २०७६ श्रावण १२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०७६ आइतवार - १९:२४:४२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology