आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नौविसे नागढुङगा सुरूङमार्गमा जनप्रतिनिधिको सहयोग नपाएपछि प्रधानमन्त्री गुहार्दै आयोजना

नौविसे नागढुङगा सुरूङमार्गमा जनप्रतिनिधिको सहयोग नपाएपछि प्रधानमन्त्री गुहार्दै आयोजना

  • 4.1K
    SHARES
  • धादिङ । जनप्रतिनिधिको सहयोग नपाएपछि काठमाडौंको नागढुङगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको काम अवरुद्ध भएको छ। अवरोध हटाउने मागसहित आयोजनाका अधिकारीहरू भने प्रधानमन्त्री भेट्न पुगेका छन्। २.६ किलोमिटरको उक्त सुरुङमार्ग जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को आर्थिक सहयोगमा निमार्ण हुन लागेको हो। तर, मुआब्जामै विपाद भएपछि आयोजना निमार्णमा अवरोध भएको छ। ‘कागजी प्रकृयाको सबै काम सकियो,’ सडक विभागका विदेशी विभाग प्रमुख अर्जुनजंग थापा भन्छन्, ‘अब ठेक्का दिनको लागि साइट क्लियर गर्नुपर्ने भएकोले ठेक्का सम्झौता गरेका छैनौं।’ सडक विभागले सुरूङमार्गको काठमाडौंतर्फको तीन सय रोपनी जग्गाको मूल्याङ्कन गरेर मुआब्जा वितरण गरिसकेको छ। धादिङतर्फको भागमा भने मुआब्जा वितरण हुन सकेको छैन। ‘धादिङतर्फ १ सय ९ रोपनी जमिन छ,’ आयोजना प्रमुख श्याम खरेलले भने, ‘त्यसमा ४४ रोपनी व्याक्तिको नाममा रहेको जग्गाको मुआब्जा लिन नमान्दा आयोजनाको काम अगाडि बढ्न सकेको छैन।’
    २०७६ श्रावण १२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०७६ आइतवार - २०:१७:१४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology