काठमाण्डौँ । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोतमा राम्रा कर्मचारी टिकाउन गाह्रो परेको बताएकी छन् ।
काठमाडौँको साँखुमा सुविधायुक्त मालपोत कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले घुस खाने अड्डाका रुपमा परिचय कमाएको मालपोतमा राम्रा कर्मचारी आउनै नमान्ने उनको भनाई छ । मन्त्री अर्यालले मालपोतमा भ्रष्टाचार बढ्नुमा कर्मचारी सँगसँगै सेवाग्राहीको पनि उत्तिकै दोष रहेको बताइन् ।
२०७६ श्रावण १३ गते प्रकाशित