काठमाण्डौँ । प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार सरिता श्रेष्ठ पुरस्कृत भएकी छिन् । नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र र नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले संयुक्त रुपमा प्रदान गर्ने पुरस्कार अन्तर्गत ३ नम्वर प्रदेश बाट श्रेष्ठ पुरस्कृत भएकी हुन् ।
पुरस्कारको राशी २० हजार रुपैँयाको साथमा सम्मानपत्र रहेको छ । मंगलवार शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले एक समारोहको वीच पुरस्कार प्रदान गरेका हुन् । नागरिक दैनिकको लागि धादिङ जिल्ला सँवाददाता समेत रहेकी श्रेष्ठ पाविल न्यजु डट कम की सम्पादक छिन् ।
२०७६ श्रावण १४ गते प्रकाशित