आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दरिङ्गाल खोलामा एक्साभेटर प्रयोग बन्द, स्थानिय मजदुर खुसी हुँदै बालुवा बोक्न थाले

दरिङ्गाल खोलामा एक्साभेटर प्रयोग बन्द, स्थानिय मजदुर खुसी हुँदै बालुवा बोक्न थाले

  • 6.0K
    SHARES
  • धादिङ । दरिङ्गाल खोलामा एक्साभेटर प्रयोग बन्द भए सँगै स्थानिय मजदुर खुशि हुदैँ बालुवा बोक्न थालेका छन् । धादिङको गजुरी ६ दरिङ्गाल खोलामा झण्डै एक महिना देखि अबैध रुपमा एक्साभेटर प्रयोग गरि बालुवा निकाल्ने काम सुरु भएको थियो । विरोध पछि गत शुक्रवार मात्र नुवाकोट बिदुर का ३१ बर्षिय ज्ञान बहादुर थापा लाई होण्डाइ २०० को मेसिन सङ्गै पक्राउ गरेको थियो। तर पुनः गत आइतबार दिउँसो खोलामा मेसिन चल्न थालेपछी स्थानीय मजदुरहरुले दुई वटा एक्साभेटरको चावी खोसेर आफ्नो कब्जामा लिएका थिए। पटक पटक प्रहरी आएर मेसिन पक्रँदा समेत उक्त कार्य नरोकिए पछि सोमबार गजुरी गाउँपालिका वडा नं ६ दरियाँल खोला आसपासका स्थानीयहरु आफ्नो रोजीरोटी खोसिएको भन्दै जिल्ला प्रशासन कार्यलय धादिङ घेरेका थिए। उनीहरुले खोलाको प्राकृतिक बहाव नै परिवर्तन गरि सार्वजनिक जमिन तथा खोलाहरुमा जभाभावी डोजर लगाएको भन्दै तत्काल डोजर लगाउने काम बन्द गराइदिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यलय धादिङमा ज्ञापन पत्र बुझाएका थिए ज्ञापनपत्र बुझाए सङ्गै खोलाबाट पुर्ण रुपमा एक्साभेटर हटेका छन्। २०७६ श्रावण १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०७६ बुधवार - ००:१५:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology