आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ग्रामिण भिडियो एक्सरेले ज्यान बचाएपछि...

ग्रामिण भिडियो एक्सरेले ज्यान बचाएपछि...

  • 5.8K
    SHARES
  • धादिङ । स्वास्थ्यसंस्था जान एक दिनको बाटो हिड्नुपर्ने भएपछि स्वास्थ्यसंस्थामा गएर बच्चा पाउनु भनेको थप समस्या जस्तै अनुभव गर्दै आएका विकट उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा न. १ का गर्भवती महिलाहरु गाउँमा आएको भिडियो एक्सरे सेवा लिन टाढा टाढा देखि आए । गाउँको स्वास्थ्य इकाइ बिन्दुमा चार घण्टादेखि गर्भवती महिला एक्सरे सेवा लिन आएकाहरु धेरैजसो घरमै सुत्केरी गराउने मानसिकतामा थिए । भिडियो एक्सरे गनै आउनुभएकी स्वास्थ्यकर्मी सुनिता अधिकारी अरुलाई जसरी भिडियो एक्सरे गर्दै हुनुहुन्थ्यो । दुई जना महिलाको पेटमा भएको बच्चा उल्टो बसेको देखियो । घरमै सुत्केरी गराउन बसेका उनिहरु स्वास्थ्य संस्था नगइ नहुने अवस्था आयो । पहिलो पटकको बच्चा भएकोले उनिहरु दुबै जना लाई सुविधायुक्त स्वास्थयसंस्थामा जाने सल्लाह दिइयो । एक जना महिला पोखरा र एक जना काठमाण्डौ गएर अपरेशन गरेर बच्चा जन्माउनुभयो । वर्षको समय सडक भेट्नै मुस्किल छ । विकट उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा न. १ ताजिम्राङका गर्भवती महिलाहरु गाउँमा आएको भिडियो एक्सरे सेवाले गाउँकी दुई महिलाको ज्यान बचाएपछि सेवा लिन दिन गनेर बसीरहेका छन् । घरमै सुत्केरी गराउने उनिहरु अब स्वास्थ्यसंस्थामा गएर बच्चा पाउनुपर्छ भनेर उनिहरु स्वास्थ्यसंस्था जानथालेको गंगाजमुनाको रि स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट रमेश पोखरेलले बताउनुभयो । गंगाजमुना गाउँपालिकाले आफ्ना ५ स्वास्थ्यचौकी र एक स्वास्थ्य विन्दुमा गत वर्षदेखि संचालन गरेको ग्रामिण भिडियो एक्सरे सेवाले गर्भवती महिलाहरुमा खुसीयाली छाएको छ । गंगाजमुनाको सबैभन्दा टाढा रहेको ताजिम्राङमा यसअघि संचालन गरिएको गर्भवतीको भिडियो एक्सरेले दुई जना महिलाको ज्यान बचेको आफू खुसी रहेको ग्रामीण भिडियो एक्सरे संचालनकर्ता सुनिता अधिकारीले अनुभव सुनाउँदा खुसी हुनुभयो । ताजिम्राङमा मात्र होइन बसेरी, बुढाथुम, रि, गुम्दी र फूलखर्क स्वास्थ्यचौकीमा पनि यो सेवा संचालन गरिएकोले यसबाट पेटमा भएको बच्चाको अवस्था थाहा पाएर स्वास्थय सेवा लिन पर्ने अवस्थाको जानकारी दिएर गर्भवतीको ज्यान बचाउन यो सेवा गाउँपालिकाले संचालन गरेको गाउँपालिका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो । एउटा ल्यापटपको सहायतबाट यसका लागि केही सामाग्री लिएर गाउँमा रहेको स्वास्थ्यचौकीहरुमा संचालन गरिने भिडियो एक्सरेले गर्भवती महिलालाई स्वास्थ्य सेवाको पहुँच पुगेको अनुभव स्वास्थ्यकर्मी सुनिता अधिकारीको छ । यसअघि गरिएको भिडियो एक्सरेबाट तिनसय मानियले यो सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
    २०७६ श्रावण १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०७६ बुधवार - ०३:३३:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology