धादिङ । सिद्धलेक गाउँपालिका—२ नलाङकी २५ वर्षीया पविता दुवाडीले कथित बोक्सी आरोप लगाउने छिमेकी २५ वर्षीया अनिता मगर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७६ साउन १४ गते उजुरी दिएकी छिन् ।
लुगा धुन लागेको बेला साउन १३ गते साँझा कथित बोक्सीको आरोप लगाउँदै दुरव्यवहार गरेको पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
एक महिनादेखि कथित बोक्सी आरोप लगाउँदै बच्चालाई समेत बोक्सीको छोरा भनेर दुरुव्यवहार गर्ने गरेको पीडितले जनाइन् । पसल व्यवसाय गरेकी पीडित पटक पटकको दुरव्यवहारबाट आजित भएपछि कारबाहीको माग गर्दै उजुरी दिएको बताएकी छिन् । आरोपित फरार रहेको प्रहरीले जनाएको छ ।
२०७६ श्रावण १४ गते प्रकाशित