हेटौंडा । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश ३ को संसद एक महिनादेखि स्थगित भएपछि छिटो बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । असारको अन्तिम सातादेखिको प्राकृतिक विपदका कारण प्रदेश ३ मा धेरै जनधनको क्षति भएको भन्दै यसबारे गम्भीर छलफल आवश्यक रहेको भन्दै प्रदेशसभा सुरु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।
कांग्रेस संसदीय दलका सचेतक राधा घलेले अहिलेको विपदबारे छलफल गर्न पनि संसद सुरु हुनुपर्ने बताएकी छिन् । संसद सुरु भएको भए सबै संसदहरुले आफ्नो क्षेत्रमा भएको जनधनको क्षतिको अवस्थाबारे सरकारलाई अवगत गराउन सक्ने र यसले राहत तथा पुनर्स्थापनामा काम गर्न सरकारलाई नै सजिलो हुने उनको भनाइ छ ।
यसैबिच प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बैठक बोलाउने बिषयमा सरकारले तयारी गरेको बताए ।
२०७६ श्रावण १४ गते प्रकाशित