आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मकवानपुरमा दुईवटा गाडीमा आगजनी

मकवानपुरमा दुईवटा गाडीमा आगजनी

  • 4.5K
    SHARES
  • हेटौंडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुई वटा सवारी साधनमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले गाडीमा आगजनी गरेका हुन् । यसैगरी हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेको बताइकोछ । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो । आगजनीका कारण कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ट्रकको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै फेला परेको शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा पनि शंकास्पद वस्तु फेला परेको छ । विप्लव नेकपाले आफ्नो पार्टीका काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्दको आह्वान गरेको छ ।
    २०७६ श्रावण १५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०७६ बुधवार - १६:२६:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology