शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकार दुर्गम क्षेत्रका सुत्केरीलाई हेलिकप्टरबाट उद्दार गछौँ भन्छ , उपकरण नभएर हुम्लाको स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु हुन्छ ।

सरकार दुर्गम क्षेत्रका सुत्केरीलाई हेलिकप्टरबाट उद्दार गछौँ भन्छ , उपकरण नभएर हुम्लाको स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु हुन्छ ।

  • 4.0K
    SHARES
  • हुम्ला । सरकारले केहि दिन अघि मात्र दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्ने कार्यक्रम ल्याएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत पूर्ण हवाई उद्धार कार्यान्वयनमा आउने तयारी थियो तर आज हुम्ला जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो । टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा सुत्केरी र शिशु दुवैको मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए । दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको छ । २०७६ श्रावण १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - २०:१०:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology