आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङका तिन एनसेलको टावरमा अज्ञात समुहले आगजनी

धादिङका तिन एनसेलको टावरमा अज्ञात समुहले आगजनी

  • 6.0K
    SHARES
  • धादिङ । धादिङका तिन वटा एनसेलको टावरमा अज्ञात समुहले आगजनी भएको छ । धुनिबेशी नगरपालिका वडा नं ४ जीवनपुर ,थाक्रे गाउँपालिका वडा नं ३ चौफाँट र सिद्धलेक गाउँपालिका वडा नं ६ कुम्पुरडाँडा रहेको टावरमा आगजनी भएको हो । आज बिहान १ बजेको समयमा धुनीबेसी नगरपालिका वडा नं ४ जीवनपुर ,थाक्रे गाउँपालिका वडा नं ३ चौफाँटमा रहेको टावरमा पनि आगजनी भएको छ । जीवनपुरमा जेनेरेटर, व्याट्री, तारमा पूर्ण क्षति भएको छ भने जुरेथुममा अब्टिकल केवल, तार र १२ वटा सोलार प्यानल र सिद्धलेक गाउँपालिका वडा नं ६ कुम्पुरडाँडामा बुधबार राती भएको आगजनीबाट टावरमा रहेको जेनेरेटर, व्याट्री, तार पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिएका छन । आगलागीबाट उक्त टावर रहेको आसपासमा एनसेलको सेवा अवरुद्ध भएको डीएसपी खड्काले बताए । विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको हुन सक्ने अनुमान पनि गरेको उनले बताएका छन ।
    २०७६ श्रावण १६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७६ शुक्रवार - ००:२९:१५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology