काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने भएको छ । प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रमण टोलीका सदस्यहरुको टिकट भने खर्च सरकारले वेहोर्ने बताए ।
२०७६ साउन १९ गते प्रकाशित