आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सुरु

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सुरु

  • 5.1K
    SHARES
  • रसुवा । जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सोमबारदेखि सुरु भएको छ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । यसपटक सडक खण्ड अवरुद्ध नभएको, पदमार्ग सुरक्षित भएको र कम वर्षा भएका कारण करिब १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ । गएको वर्ष करिब १७ हजार तीर्थयात्रीले मेला भरेका थिए । मेलाको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष सन्जीव डीएमले बताउनुभयो । उहाँका अनुसार पदमार्गको मर्मत, सरसफाइ गर्ने तथा झाडी फडानी गर्ने कार्य गरिएको छ । धुन्चे गोसाइँकुण्ड पदमार्गको घट्टेखोलादेखि गोसाइँकुण्डसम्म २० वटा अस्थायी शौचालय निर्माण गरिँदै छ । व्यवसायीले अस्थायी थर्पुको निर्माण कार्य गरिरहेका छन् । पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर भगवान शिवले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भएको र त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गंगादशहरा गरी वर्षको २ पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । २०७६ साउन २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - १९:०८:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology