आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रहरीले लखेट्दै नियन्त्रणमा लिए बसभित्रै एक लाख २० हजार चोरी गर्ने युवक

प्रहरीले लखेट्दै नियन्त्रणमा लिए बसभित्रै एक लाख २० हजार चोरी गर्ने युवक

  • 4.7K
    SHARES
  • जनकपुरधाम । बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख जनकपुरधामको पिडारी चोकबाट पक्राउ परेका हुन् । शेखले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवरीका रामु यादवको साथबाट एक लाख २० हजार रुपैयाँ चोरेर भागिरहेका थिए । जनकपुरबाट सिरहाको माडरतर्फ जाँदै गरेको बसमा चढेका यादवको साथबाट शेखले बसमै पाकेटमारी गरेका थिए । उनलाई भाग्ने क्रममै पिडारी चोकमा ड्यूटीमा खटिएका प्रहरीले लखेट्दै नियन्त्रणमा लिएका हुन् । बरामद भएको उक्त रकम यादवलाई बुझाइएको र नियन्त्रणमा लिइएका शेखको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २०७६ साउन २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - २१:४४:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology