आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नौविसेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नौविसेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  • 5.4K
    SHARES
  • नौबिसे । धादिङको नौविसेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराती ११ः३० बजेको समयमा धुनिबेशी नगरपालिका ६ स्थित भेरी होटल नजिकै काठमाण्डौँबाट काठमाण्डौँबाट चितवन जाँदै गरेको लु १ ख ४९६६ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदल यात्री भारतिय नागरिक पश्चिम चम्पारन बस्ते अन्दाजु ४० वर्षका सत्य नारायण दास रहेकाृ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउको र खुट्टामा चोट लागि घाईते भएका दासलाई शिवदर्शन अस्पताल धार्केमा सामान्य उपचार गरि राती नै काठमाण्डौँको कलँकीमा रहेको नेशनल अस्पतालमा लगिएको थियो । उपचारका क्रममा बिहान १ः३० बजेको समयमा दासको मृत्यु भएको प्रहरीको भनाई छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ । २०७६ साउन २३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - १७:२८:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology