नागरिक पाटी संवादाता
खानिखोला । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका वडां. ८ मा रहेको इलाका प्रहरी कार्यलय खानिखोलामा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
धुनिबेसी नगरपालिका स्वास्थ्य शाखा र शिव दर्शन अस्पताल धार्केको सहयोगमा तथा इलाका प्रहरी कार्यालय खानिखोला र जिल्ला ट्राफिक कार्यालय गजुरिको सयुतm आयोजनामा भएको स्वास्थ्य परिक्षणमा ८० जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थ्य परिक्षण गरिएका हरु मध्ये ७ जनामा ब्लड प्रेसर , ७ जनामा आँखा कमजोर , ५ जनामा सुगर जस्ता रोगहरुका लक्षण देखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरि भटटले जानकारी दिए।
स्वास्थ्य परिक्षण कार्यक्रममा बोलनु हुदै प्रहरी निरीक्षक खड्काले समुदायक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सवारी चालकको स्वास्थ्य परिक्षण गरीएको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्नु हुदै नगरपालिका प्रमुख बाल कृष्ण आचार्यले राजमार्गमा हुने दुघटना लाई कमी गर्न यस किशिमको कार्यक्रम सञ्चालन गरीएको बताए ।
ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुक बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा धुनिबेसी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेलले सयुक्त रूपमा ब्यानर खोलेर उत्घाटन गर्नु भएको थियो ।
२०७६ श्रावण २३ गते प्रकाशित