आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एमसीए नेपाल ले पाँच वर्षभित्रै विद्युत् र सडकमा ७१ अर्ब खर्चने घोषणा

एमसीए नेपाल ले पाँच वर्षभित्रै विद्युत् र सडकमा ७१ अर्ब खर्चने घोषणा

  • 6.4K
    SHARES
  • काठमाडौं । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले आउँदो आगामी १६ असार २०७७ देखि करिब ७१ अर्ब रुपैयाँ ९६३ करोड अमेरिकी डलरको कार्यक्रम कार्यान्वयनको मिति घोषणा गरेको छ। ‘अबको ११ महिनापछि हामीले गर्ने कार्यक्रमको दिनगन्ती सुरु हुने भएको छ’, उनले भने, ‘तोकिएको समयभित्रै यसका आयोजना पूरा गर्न प्रतिबद्ध पनि छौं’, विष्टले भने। कार्यक्रम कार्यान्वयन सुरुवात भएको पाँच वर्षभित्रमा सकिसक्नुपर्ने पहिलो सर्त रहेको छ। यस कार्यक्रमले नेपालमा चार सय केभी क्षमताको ३१३ किमि प्रसारणलाइन तथा तीनवटा उच्च क्षमतायुक्त सब स्टेसन र तीन सय किमि रणनैतिक सडक मर्मत गर्ने उल्लेख छ। अमेरिकी सरकारको ५० करोड र नेपाल सरकारले १३ करोड डलर खर्चने यो कार्यक्रम तोकिएको समयमा पूरा गर्नै पर्नेहुन्छ। यो ३१३ किमि लामो चार सय केभीको प्रसारण लाइन आयोजनासँगै पूरा हुने तीनवटा सवस्टेसनले थप एक हजार ३९ वटा टावरण बनेको हुनेछ। यसबाट दुई करोड ३० लाख जनता लाभान्वित हुने छन्। यस्तै, अत्याधुनिक पेभमेन्ट रिसाइक्लिङ प्रविधिको प्रयोगबाट हुने ३०५ किमि सडक मर्मतबाट पनि नौ लाख २४ हजार जनता लाभान्वित हुने आयोजनाको दाबी छ। २०७६ साउन २३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७६ शुक्रवार - ०५:०२:५८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology