आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विशेष अदालतमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विशेष अदालतमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • 4.3K
    SHARES
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सल्यान जिविसका स्थानीय विकास अधिकारी पेशल पोखरेलसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सल्यानको साविक काप्रेचौर गाविस–७ घुइयावारीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणमा हिनामिना गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । साविक जिल्ला विकास समितिको कार्यालय सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल, लेखा अधिकृत रामकुमार पौड्याल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब–इन्जिनियर दोर्णप्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डीसी, काप्रेचौर गाविसका सचिव टेकबहादुर डाँगी (क्षेत्री) तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक खलबहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मरबहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमाकुमारी विकलगायतका सम्बन्धमा अनुसन्धान भएको थियो । तत्कालीन स्थानीय विकास अधिकारी पोखरेल र लेखा अधिकृत रामकुमार पौड्यालले ५ लाख २२ हजार ५ सयको झुठा बिल भरपाई एवं झुठा कागजात पेश गरी भुक्तानी गरेको पाइएको छ । साविक काप्रेचौर गाविसका तत्कालीन सचिव टेकबहादुर डाँगी ले ४ लाख रुपैयाँको झुठा बिल भरपाई एवं झुठा कागजात पेश गरी भुक्तानी गरेको बताइएको छ । राजधानी खबरमा खबर छ ।
    २०७६ साउन २४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७६ शुक्रवार - १५:४५:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology