आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एउटा बसले ३ वटा बसलाई ठक्कर दियो, १६ यात्रु घाइते

एउटा बसले ३ वटा बसलाई ठक्कर दियो, १६ यात्रु घाइते

  • 5.6K
    SHARES
  • भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुिन आज बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं। को बस आफै अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं को तीनवटा बसलाई ठक्कर दिँदा ठक्कर दिने सवारी साधनमा यात्रारत १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । दुर्घटनामा परेका चारवटै सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा राखिएको छ । २०७६ श्रावण २६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - २१:२९:१८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology