आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

७४ उद्योगलाई कारबाही, धेरै सिमेन्ट र स्टिल उद्योग

७४ उद्योगलाई कारबाही, धेरै सिमेन्ट र स्टिल उद्योग

  • 5.8K
    SHARES
  • काठमाडौं । आर्थिक वर्षे २०७५/७६ मा नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड मिचेर वस्तु उत्पादन गर्ने ७४ उद्योगलाई कारबाही गरेको छ । विभागले विभिन्न निर्माणजन्य उद्योग र खाद्य वस्तु उत्पादन गर्ने उद्योगलाई कारबारी गरेको जनाएको हो । विभिन्न ७४ उद्योगमध्ये धेरैजसो सिमेन्ट उद्योग र स्टिल उद्योग रहेका छन् । विभागको तथ्यांकअनुसार ७४ वटा उद्योगमध्येमा ३० वटा सिमेन्ट उद्योग छन् । यसैगरी १० वटा स्टिल उद्योग रहेका छन् भने तीनवटा खाने तेल उद्योग र अन्य विभिन्न उद्योग रहेका छन् । विभागले गत आर्थिक २०७५/७६ वर्ष बारामा रहेको दुई सिमेन्ट उद्योगको प्रिमियम ओपीसीको नमुना संकलन र परीक्षण गर्दा पनि केही कैफियत भेटिएको जनाएको थियो । ‘२०७५ साउन २९ मा परीक्षण नतिजाअनुसार अघुलनशील पदार्थ ९आईआर०को मान नेपाल गुणस्तर ४९ अनुसार नरहेको हुँदा कैफियत देखिएको उक्त ब्याचका उत्पादन बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पनि पत्रचार गरेको थियो,’ विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ । विभागले स्पष्टीकरणका लागि पत्रचार गरे पनि एक वर्षसम्म कुनै प्रगति भएको छैन । विभागका अनुसार पीपीसी सिमेन्टमा २५ प्रतिशतसम्म खरानी मिसावट गर्न पाइन्छ । परीक्षणको क्रममा करिब ३० देखि ४० प्रतिशतसम्म पाइने उल्लेख छ ।विभागका अनुसार बलियोका लागि फाइन सिल्का १ प्रतिशतसम्म मिसावट गर्न पाइन्छ । यसैगरी, विभागको तथ्यांकअनुसार २४ साउन २०७५ को निर्णयबाट इजाजत स्थगन गरिएको थियो । पुनः उद्योग निरीक्षणबाट संकलित नमुनाको परीक्षणबाट गुणस्तर कायम गरेको पाइएकाले दुई महिनापश्चात् फुकुवा गरिएको थियो । २०७६ साउन २८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - १८:३६:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology