आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोट स्थित कोल्पुखोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर २ को मृत्यु

नुवाकोट स्थित कोल्पुखोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर २ को मृत्यु

  • 5.3K
    SHARES
  • नुवाकोट । नुवाकोट ककनी गाउँपालिकाको कोल्पु खोलामा खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको छ । स्थानीय खोलामा बालुवा उत्खनन गरेर छाडेको खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको हो । नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. १ स्थित कोल्पु खोलामा डुबेर ज्यान गुमाएका मध्ये एक जना स्थानीय १३ बर्षकी बिनिता बलामी रहेकी छिन् । यस्तै अर्को सिन्धुली जिल्ला फिक्कल गाउँपालिकाकी ३५ बर्षिय लक्ष्मी तामाङ रहेकी छिन् । बिनिता बलामी नुहाउन जाने क्रममा बालुवा झिकेको खाल्डोमा परेर डुबेकी थिईन् । उनलाई बचाउन सँगै रहेकी लक्ष्मी तामाङ पनि बचाउने क्रममा डुेबको प्रत्यक्षदर्शी स्थानीयहरुले बताएका छन् । ज्यान गुमाएका दुई शबलाई वालुका उत्खनन् गर्ने ब्यक्ति मोहन कृष्ण श्रेष्ठको बालुवा भण्डारण र स्काभेटरसँगै राखेर प्रदर्शन जारी राखेको छ । खोलामा बालुवा झिक्न नपाउने माग सहित स्थानीयले प्रशासन र वडा कार्यालयको विरोध गरिरहेको छ । सोमबार साँझ ५ बजेर ४५ मिनेटको उक्त घटनालाई लिएर यतिखेर कोल्पुखोलामा तानावपूर्ण अवस्था सिर्जना भएको छ । स्थानीयले क्षतिपूर्तिको माग सहित बालुवा उत्खनन् कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेका छन् । घटना घटेको ठाउँमा स्थानीय मोहनकृष्ण श्रेष्ठले बालुवा उत्खनन् गर्दै आईरहेका छन् । घटनाको जिम्मा मोहनकृष्ण श्रेष्ठले नलिएसम्म शब नबुझ्ने भन्दै अहिले विरोध भईरहेको स्थानीयले जानकारी दिएका छन् । केही दिन अघि मात्र धादिङको को गजुरी ६ मा बालुवा निकाल्न बनाएको खाल्डो मा परि दुई जना को ज्यान गएको थियो। २०७६ साउन २८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - १८:५६:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology