धादिङ । धादिङका नागरिक अगुवाहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लाभर सञ्चालित यात्रुवाहक सवारी साधनको भाडादर समायोजन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाईएको हो ।
सडकमा सुधार आएपनि यातायात व्यवसायीले पहिलेकै भाडा लिएको र त्यसमा अनुगमन गरि उचित कारबाहीका साथै नयाँ भाडादर कायम गराउनको लागि उक्त ध्यानाकर्षक पत्र बुझाइएको जनाईएको छ ।

ध्यानाकर्षण पत्रमा महिला, बालबालिका, जेष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिका लागि उचित सिट तथा छुटको कार्यान्वयन र सार्वजनिक यातायातलाई नागरिक मैत्रि बनाउन छुट्ने समय र यात्रु संख्याको बारेमा उल्लेख गर्नु पर्ने माग राखिएको छ ।
त्यस्तै गरि सवारी साधनमा फोहोर फाल्ने डस्विन, निरन्तर अनुगमन, यात्रुले टिकट बुकिङ गर्दा यात्रुको सम्पूर्ण विवरण उल्लेख गर्ने र अनिवार्य चलानी लिनुपर्ने जस्ता विषयको माग गरिएको छ ।
२०७६ साउन २८ गते प्रकाशित