आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सचेतना अपनाउन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सचेतना अपनाउन आग्रह

  • 3.6K
    SHARES
  • काठमाडौं । देशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ‘देशको एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक बृद्धि हुनसक्ने भएकोले नदी आसपासमा रहनेहरु सतर्क रहुनुहोला,’ महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानमा छ र उत्तर तिर सर्ने क्रममा छ। साथै नेपालको पूर्वी र मध्य भूभाग नजिक एउटा न्यून चापीय प्रणाली रहेको छ र यो प्रणाली पश्चिमतिर सर्ने क्रममा रहेको छ। मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तरप्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शीरसम्म जनाउँछ। आगामी तीन दिनको मौसम पूर्वानुमान श्रावण २९ गते दिउँसो : देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वी तथा पश्चिमी भूभागका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। श्रावण ३० गते दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। रातिः देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा मध्य भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। श्रावण ३१ गते दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा मध्य भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। रातिः देशभरी सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व तथा मध्यका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्व तथा मध्य भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ। २०७६ साउन २९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७६ बुधवार - १७:१२:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology