आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान, आजको अवस्था के छ ?

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान, आजको अवस्था के छ ?

  • 5.0K
    SHARES
  • काठमाडौं । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमि पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको र भारतको उत्तर–पूर्वी राजस्थान तथा हरियानातिर निम्न चापीय प्रणाली रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन रचट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । ‘देशको पहाडी भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरु सतर्क रहनुहोला,’ महाशाखाले भनेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान श्रावण ३२ गते दिउँसो : देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। भाद्र १ गते दिउँसोः देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र पुर्वी र मध्य क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा पुर्वी भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । राति : देशका अधिकांस स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। भाद्र २ गते दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । रातिः देशका अधिकांस स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
    २०७६ साउन ३२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - १६:०४:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology