आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काबुलको विवाह समारोहमा भएको बम विस्फोटमा कम्तीमा ६३ जनाको मृत्यु, १८० भन्दा बढी घाइते

काबुलको विवाह समारोहमा भएको बम विस्फोटमा कम्तीमा ६३ जनाको मृत्यु, १८० भन्दा बढी घाइते

  • 4.0K
    SHARES
  • एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ६३ जनाको ज्यान गएको छ भने १८० भन्दा बढी घाइते भएका छन् । स्थानीय समय अनुसार रातिको १०ः४० बजे काबुलको पश्चिमी क्षेत्रमा आत्मघाती बम विस्फोट भएको छ, जुन क्षेत्रमा शिया मुस्लिमहरुको जनसंख्या धेरै छ ।आत्मघाती हमला गर्ने व्यक्ति पनि बमसँगै उडेको प्रत्यक्षदर्शीले सञ्चारमाध्यम बीबीसीलाई बताएका छन् । बम विस्फोटमा आफ्नो हात रहेको आतंकवादी संगठन तालिबानले बताएको छ । अन्य कुनै समूहले बम विस्फोटका बारेमा केही पनि बताएको छैन । अफगानिस्तानमा पछिल्ला केही समयमा ठूला ठूला आक्रमण हुँदै आइरहेका छन् । यसअघि प्रहरी चौकीमा भएको बम विस्फोटमा १४ जनाको ज्यान गएको थियो भने १५० बढी घाइते भएका थिए । त्यो बम विस्फोटको जिम्मा तालिबानले लिएको थियो । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ०४:२८:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology