आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्थानीय तहमा आफुहरुले कानूनी सहजिकरणका लागि सहजकर्ता राखेको–मन्त्री जमकट्टेल

स्थानीय तहमा आफुहरुले कानूनी सहजिकरणका लागि सहजकर्ता राखेको–मन्त्री जमकट्टेल

  • 7.1K
    SHARES
  • हेटौंडा । मुलुकी संहिताहरु कार्यान्वयनको एक वर्षका अवसरमा आज हेटौंडामा मुलुकी संहिता दिवस २०७६ को कार्यक्रम गरिएको छ । कानून, न्याय तथा संसदिय मामिला मन्त्रालय तथा प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजानमा मुलुकी संहिताहरु कार्यान्वयनको एक वर्षको समिक्षात्मक अन्तरक्रिया गरिएको हो । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले पहुँच नभएका, अन्यायमा परेका पीडितहरुका लागि कानून चाहिने बताउनुभयो । कुनैपनि पीडितका निम्ति राज्यको त्यहाँ उपस्थिती हुनुपर्ने बताउनुभयो । कानूनको नजरमा सबै वरावर हुनुपर्ने उहाँले बताउनुभयो । अझैपनि न्याय पाउने तरिका ढिलो भएकोमा गुनासो गर्दै उहाँले भन्नुभयो–‘सरकारका निकायहरु भनेको अन्यायमा परेकालाई न्याय दिने हो । व्यावस्था फेरिए पनि हाम्रो संस्कार फेरीएको छैन ।’ प्रदेशका स्थानीय तहमा आफुहरुले कानूनी सहजिकरणका लागि सजिलो बनाउन सहजकर्ता राखेको मन्त्री जमकट्टेलले बताउनुभयो । कानून, न्याय तथा संसदिय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले यही सुझाव संकलन गर्ने कार्यक्रम आज र भोली गरेर देशका सात वटै प्रदेशमा गर्न लागिएको बताउनुभयो । फैसला कार्यान्वयनमा स्थानीय तहले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा सहभागिहरु प्रहरी, अधिवक्ता, सरकारी कार्यालयका प्रमुखहरु, स्वास्थ्यकर्मी लगायतकाले मुलुकी संहिताहरु कार्यान्वयनको एक वर्षमा परेका समस्या र सुधार गर्नुपर्ने बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा उच्चअदालत पाटन हेटौंडा इजलासका न्यायधिशहरु लगायतकाको सहभागिता रहेको थियो । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ०५:२५:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology