नागरिक पाटी संवादाता
गजुरी । धादिङको गजुरी गाउँपलिका वडा न ८ बेल्खुखोला लप्सिबाटोमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल को एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।गजुरि गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेतले उक्त पुलको उद्घाटन गर्नुभएको हो। गजुरी गाउँपालिका , पूर्णिमा परियोजना र स्थानिय नागरिकको सहयोगमा निर्माण भएको झोलुङ्गे पुलको लागत कुल रकम रु छत्तिस लाख पाच हजार तिन सय दुई रहेको जानकारि कार्यक्रममा दिईएको छ् ।

कुल लागतमध्य ९२ प्रतिशत खर्च पूर्णिमा परियोजना, ६प्रतिशत खर्च गजुरी गाउँपालिका तथा बाँकि २प्रतिशत खर्च स्थानीय जनश्रमदानबाट व्यहोरिएको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ । पुल उद्घाटन कार्यक्रममा गाउँपालिका अध्य्क्षसहित वडा न ८ का अध्य्क्ष राजकुमार ढुङ्गाना पुर्णिमा परियोजनाका प्रतिनिधि स्थानिय नागरिक लगायतको उपस्थिति रहेको थियो।
२०७६ भदौ १ गते प्रकाशित