आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रसुवामा भोटेकोसी बढिले बेलिब्रिज बगायो

रसुवामा भोटेकोसी बढिले बेलिब्रिज बगायो

  • 4.7K
    SHARES
  • काठमाडौं । रसुवामा भोटेकोसी बढिले बेलिब्रिज बगायो छ । अविरल वर्षापछि आइतबार एक्कासि आएको बाढीले टिमुरे भन्सार कार्यालयरसुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले एक्कासि नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको जानकारी दिएका छन । पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ । प्रजिअ भण्डारीका अनुसार, अब टिमुरेभन्दा तल रहेको तातोपानी पुल प्रयोग गर्नुपर्ने बाध्यता आइलागेको छ । बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए । तर, राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको प्रशासनले जनाएको छ । नदीमा बहाव बढेपछि स्वाफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेसी, शान्तिबजारदेखि खाल्डेसम्मका वस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारेको थियो । बाढीको बहाव राति बढे पनि अहिले अवस्था सामान्य रहेको प्रजिअ भण्डारीले जानकारी दिनु भएको छ ।
    २०७६ भाद्र २ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - १८:५१:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology