आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यातायात व्यवस्था विभागमा सहायता कक्ष सुरु

यातायात व्यवस्था विभागमा सहायता कक्ष सुरु

  • 4.6K
    SHARES
  • काठमाण्डौ । चालक अनुमतिपत्रसँग सम्बन्धित गुनासो दैनिक आइरहँदा यातायात व्यवस्था विभागले ‘सहायता कक्ष’को सुरु गरेको छ । चालक अनुमतिपत्रसँग सम्बन्धित जिज्ञासा लिएर दैनिक सेवाग्राही आइरहँदा कार्यालयमा सधैँ भीडभाड भइरहेकाले यो सेवा सुरु गरिएको विभागका निर्देशक प्रेमकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार दुई दिनपहिले शुरु भएको कक्षले अनुमतिपत्र अनलाइन आवेदन, छपाइ, वितरण लगायतका विषयमा सम्पूर्ण जानकारी दिइनेछ । सेवाग्राहीले अनुमतिपत्र छापियो वा छापिएन वा छापिएका अनुमतिपत्रमा पनि कुनै खालका समस्या आउँदा कोठाकोठामा पुगेर बुझ्न जान नपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यसअघि सेवाग्राहीले भोग्दै आउनुभएको समस्या हट्ने हामीले विश्वास गरेका छौँ ।सेवाग्राहीले आइतबारदेखि बिहीबारसम्म बिहान १० : १५ देखि ४: ४५ सम्म र शुक्रबार २ :४५ बजेसम्म कार्यालयमा आएर वा फोन सम्पर्क गरेर अनुमतिपत्रबारे जानकारी लिन सक्ने बताइएको छ ।
    २०७६ भाद्र २ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - १८:५९:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology