आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘१० हजारमा लाइसेन्स बन्ने जमाना गए हजुर’

‘१० हजारमा लाइसेन्स बन्ने जमाना गए हजुर’

  • 7.1K
    SHARES
  • नेपालगञ्ज - नेपालगञ्जको कारकाँदोस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार बिहान १० बजे पुग्दा गेटमा रातो कुर्था र कालो सुरुवाल लगाएकी अधबैंसे महिलाले मुस्कानसहित प्रश्न गरिन्, ‘के कामले आउनुभएको हो रु म गरिदिन्छु नि १’ सुरुमा ग्राहकका रूपमा प्रस्तुत हुन गाह्रो भयो। संवाददाताले लाइसेन्स बनाउन सकिँदैन भनेर ‘जान्ने भन्ने’ बिचौलियासँग जिज्ञासा राख्दा उनले मोटरसाइकल पार्किङमा एकान्त खोज्दै भने, ‘सकिन्छ दाइ तर अहिले सजिलो छैन। पहिले त १०र१० हजारमा कति बनाइयो(बनाइयो। ट्रायलमा सीसीटीभी जडान गरेपछि र अख्तियार लागेपछि गाह्रो भएको छ’, उनले सान्त्वना दिँदै भने, ‘अहिले पनि बन्छ तर अलि बढी पैसा लाग्छ। १० हजारमा लाइसेन्स बनाउने जमाना गए दाइ। भाउ बढ्यो। कम्तीमा पनि १५ हजार त लाग्छ।’ उनले मोटरसाइकलको १५ हजार, गाडीको २५ हजार, हेभी गाडीको ३५ हजार लाग्ने सुनाए। उनले लाइसेन्स बनाउने जुक्ति पनि सुनाए, ‘अख्तियार नआएको र पानी परेको दिन म फोन गरुँला।’ उनले फोन नम्बर लिएर गए। अन्नपुर्ण दैनिकमा खबर छ । २०७६ भदौ ३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - १५:३४:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology