शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुर प्रहरीले निगरानी बढाएसँगै ठूलो परिणाममा लागुऔषध गाँजा बरामद

मकवानपुर प्रहरीले निगरानी बढाएसँगै ठूलो परिणाममा लागुऔषध गाँजा बरामद

  • 6.8K
    SHARES
  • हेटौंडा । हेटौँडा क्षेत्रमा मकवानपुर प्रहरीले निगरानी बढाएसँगै ठूलो परिणाममा लागुऔषध गाजा बरामद गरेको छ। मकवानपुर प्रहरीले मंगलबार पनि जिल्लाका दुई स्थानमा १ सय ३ किलो लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा गरको प्रहरी टोलीले हेटौँडा १५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको एचआर५१एल २४४१ को भारतीय कारलाई जाँच गर्दा २१ किलो ५ सय ग्राम गाँजा बरामद भएको हो। गाँजासहित भारतीय नागरिकहरू कार चालक मुकेश सहनी, राजकुमार, भारत मोतिहारीकै ओमप्रकाश चौधरी र नेपाल पर्सा जिल्लाका जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए। त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले मकवानपुरको राक्सीराङ गाउँपालिका ३ पलासे बसपार्कबाट ८१ किलो ७ सय ग्राम किलो गाँजासहित सप्तरी जिल्लाका पुरन साहलाई पक्राउ गरिएको प्रहरी प्रमुख सिंहले बताए। पक्राउ परेको सबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। २०७६ भदौ ३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ००:२९:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology