मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित

बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित

  • 5.6K
    SHARES
  • काठमाडौं । बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयमा लागि भन्दै यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद्को अर्थ समितिको पत्रकार आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘यस बारेमा अध्ययन गर्न अर्थ समितिले एक उपसमिति गठन गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने,‘अर्थ समितिले अध्ययन गरिसकेको विषयमा ब्रोकर लाइसेन्स बाँड्नु उचित देखिएन, यस कारण केही समयका लागि स्थगित भएको हो ।’ यो समाचार कान्तिपुर दैनिकमा छ । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - १६:१२:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology