आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बुटवल–नारायणगढ सडक-खण्डमा पर्ने नवलपरासीका अधिकांश पुलहरु जोखिमपूर्ण, राजमार्ग दिनहुँजसो अवरुद्ध

बुटवल–नारायणगढ सडक-खण्डमा पर्ने नवलपरासीका अधिकांश पुलहरु जोखिमपूर्ण, राजमार्ग दिनहुँजसो अवरुद्ध

  • 4.4K
    SHARES
  • नवलपुर । पूर्वपश्चिम राजमार्गअन्र्तगतको बुटवल–नारायणगढ सडकखण्डमा पर्ने नवलपरासीका अधिकांश पुलहरु जोखिमपूर्ण अवस्थामा पुगेका छन् । पुलहरुको आयु सकिन लागे पनि क्षमताभन्दा बढी लोडका सवारी साधन गुड्नु र मर्मत्सम्भारमा चासो नदिँदा दुर्घटनाको जोखिम बढ्दै गएको हो । गत बुधबार नवलपरको मध्यविन्दु नगरपालिकास्थित अरुणखोलाको पुल मालबाहक ट्रक ठोकिएपछि भत्किएको छ । पुल मर्मत हुन नसक्दा दिनहुँजसो हजारौँ यात्रुले ठूलो सास्ती खेपिरहेका छन् । यातायात संञ्चालनका लागि पुल भाचिएको १० घण्टा पछि अस्थाइ रुपमा निर्माण अस्थाई रुपमा निर्माण गरिएको ‘डाइर्भसन पनि बाढीले बगाएपछि दिनहुँजसो राजमार्ग अवरुद्ध बन्दै गएको छ । जसका कारण ठूलो सास्ती भोगिरहनुपरेको यात्रुहरुको गुनासो छ । पूर्वी नवलपरासीको गैंडाकोटदेखि पश्चिम नवलपरासीको सुनवलसम्म रहेका साना–ठूला गरी करिब ४० पुलमध्ये सबैजसो जोखिममा रहेको बताइएको छ । २०३५ देखि २०३८ सालभित्र निर्माण भएका यहाँका पुलको आयु ४० वर्ष भइसकेको छ । प्राविधिक दृष्टिले पनि पुलको आयु सामान्यतया ४० देखि ४५ वर्ष मानिन्छ । सबै पुलहरु जीर्ण नभए पनि बेलैमा मर्मतसम्भार र पुनर्निर्माणमा ध्यान गएन भने निकट भविष्यमै संकटको संभावना छ । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - १८:४१:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology