आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पुष महिनापछि ट्रायल पास गरेको १५ दिनमा लाइसेन्स पाइने

पुष महिनापछि ट्रायल पास गरेको १५ दिनमा लाइसेन्स पाइने

  • 4.3K
    SHARES
  • काठमाडौं । अब ट्रायल पास गरेको १५ दिनमा सवारी चालक अनुमति पत्र ९लाइसेन्स० पाइने भएको छ । लाइसेन्सका लागि ट्रायल पास गरी लाइसेन्स फारम भरेको १५ दिनमा लाइसेन्स पाइने यातायात व्यवस्थापन विभागले जानकारी दिएको हो । यसको लागि विभागले प्रतिघण्टा ४ सय ५० स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर ल्याइसकेको छ । हाल विभागले कर्मचारीलाई मास प्रिन्टर सञ्चालनको तालिम दिइरहेको छ । अबको २ साता भित्र मास प्रिन्टर सञ्चालनमा ल्याइने विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । प्रिन्टरलाई दिनको ३ सिफ्ट गरेर १८ घण्टा लाइसेन्स प्रिन्ट गरिने उनले बताए । उनले प्रत्येक सिफ्टमा ६ घण्टा लाइसेन्स प्रिन्ट गरिने बताए । ‘हामीले ३ सिफ्ट गरेर, प्रत्येक सिफ्टमा ६ घण्टा लाइसेन्स प्रिन्ट गरिनेछ, प्रिन्ट मेसिनलाई लगातार चलाउँदा समस्या आउने भएकाले सिफ्ट अनुसार सञ्चालन गर्न लागिएको हो,’ हमालले मेरो अटोसँग भने । उनका अनुसार मास प्रिन्टरले दैनिक ८ हजार १ सय लाइसेन्स प्रिन्ट गर्नेछ । पुराना प्रिन्ट हुन बाँकी लाइसेन्स ६ लाखका हारहारीमा रहेका छन् । सो लाइसेन्स प्रिन्ट गरिसक्न ४ देखि ५ महिना समय लाग्ने उनले बताए । यस अनुसार पुष महिनापछि ट्राइल पास गरेको १५ दिनमा लाइसेन्स पाइने छ । ‘पुराना लाइसेन्स प्रिन्ट भइसकेपछि नयाँ लाइसेन्स लिनेले ट्राइल पास गरेको १५ दिनमै लाइसेन्स पाउने छन्,’ हमालले भने । हाल सेवाग्राहीले २ वर्षसम्म पनि लाइसेन्स नपाउने समस्या यथावत रहेको छ । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - ००:१०:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology