शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मितेरी पुलमा भारतीयद्वारा दुईपांग्रे र चारपांग्रे सवारी साधन प्रवेश निशुल्कको माग गर्दै प्रदर्शन

मितेरी पुलमा भारतीयद्वारा दुईपांग्रे र चारपांग्रे सवारी साधन प्रवेश निशुल्कको माग गर्दै प्रदर्शन

  • 6.4K
    SHARES
  • वीरगञ्ज । वीरगञ्ज भन्सारस्थित मितेरी पुलमा भारतीय दुईपांग्रे र चारपांग्रे सवारी साधनले नेपाल प्रवेशमा निशुल्क इन्ट्रीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण नेपाल–भारत आवातजावत गर्ने यात्रु अलपत्र परेका छन्। नेपाली सवारीलाई भारतीयले सवारीधनी र स्थानीयले प्रवेश गर्न नदिएपछि भन्सार नाका पनि अवरूद्ध भएको हो। भारतीय सवारीलाई वीरगञ्ज बजारसम्म आवातजावतका लागि निःशुल्क इन्ट्री र नेपालभर आवातजावतका लागि प्रत्येक दिन पाँच सयको दरले राजस्व दाखिला गरी आवातजावत गर्न अनुमति दिने प्रावधान छ। नेपाली सवारी निर्बाध रुपमा भारतको रक्सौल आसपासका क्षेत्रमा बिना इन्ट्री, बिना भन्सार आवातजावत गर्ने अनुमति भारतले दिएकोले सोही अनुसार नेपालले पनि आफूहरुलाई आवातजावत गर्न दिने भनी विरोध प्रदर्शन हुन्। प्रदर्शनका कारण सयौंको संख्यामा दुईपांग्रे र चारपांग्रे सवारी साधन मितेरी पुलमा रोकिएका छन्। भारतीय एक सवारीले एक दिनको मात्र इन्ट्री गराई दोश्रो दिन फर्किँदा जरिवाना तथा गाडी नै सिज गर्न लागिएकाले उनीहरु आक्रोशित भएको बताइएको छ। २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - ००:५५:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology