शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भातमै यति धेरै भ्रष्टाचार, ६ स्थानीय तहको खर्च ८० लाख

भातमै यति धेरै भ्रष्टाचार, ६ स्थानीय तहको खर्च ८० लाख

  • 4.2K
    SHARES
  • ओखलढुंगा । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन् ।खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् । मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापत २० लाख १४ हजार ८७ रुपैयाँ खर्च गरेको छ । खिजीदेम्बा गाउँपालिकाको खाजा खर्च १८ लाख १९ हजार ५५५ र १ लाख रुपैयाँ गरी १९ लाख १९ हजार ५५५ खर्च देखिाएको छ । चिसंखुगढी गाउँपालिकाले ३ लाख ६७ हजार २० रुपैयाँ खानाखाजामा खर्चेको छ । सिद्धिचरण नगरपालिकाले १८ लाख ६९ हजार ५१० रुपैया खर्चेको छ । चम्पादेवी गाउँपालिकाले ११ लाख ३४ हजार ६६ रुपैयाँ र सुनकोशी गाउँपालिकाले ६ लाख८१ हजार ३ सय ५१ रुपैयाँ खाना तथा खाजामा मात्रै अनियमिता गरेको पाइएको हो । जिल्लाका अन्य दुई गाउँपालिका मोलुङ र लिखुको खाना तथा खाजा खर्चमा लेखा परीक्षण प्रतिवेदनले अनियमित खर्च भनेर उल्लेख गरेको छैन। आजको अन्नपूर्ण पोष्टमा खबर छ । २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - १६:२४:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology