सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

एनआईसी एशिया ब्यालेन्स फण्डमा सर्वसाधारणले आवेदन गर्ने समय थप

एनआईसी एशिया ब्यालेन्स फण्डमा सर्वसाधारणले आवेदन गर्ने समय थप

  • 4.4K
    SHARES
  • images
    काठमाण्डौँ । एनआईसी एशिया क्यापिटलले बिक्रीमा ल्याएको ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’को इकाईमा सर्वसाधारणले आवेदन गर्ने समय थप भएको छ । मेरो शेयरमा आएको समस्याका कारण लगानीकर्ताबाट फण्डको इकाईमा आवेदन गर्न नपाएको गुनासो आएपछि क्यापिटलले इकाईमा आवेदनको लागि ३ दिन समय थप गरी भदौ ८ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरेको हो। क्यापिटलले गत साउन ८ गतेदेखि दश वर्ष अवधिको १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्। इकाईमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाखसम्म आवेदन दिन पाइने व्यवस्था छ। २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - २०:२२:१८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology