काठमाण्डौँ । एनआईसी एशिया क्यापिटलले बिक्रीमा ल्याएको ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’को इकाईमा सर्वसाधारणले आवेदन गर्ने समय थप भएको छ ।
मेरो शेयरमा आएको समस्याका कारण लगानीकर्ताबाट फण्डको इकाईमा आवेदन गर्न नपाएको गुनासो आएपछि क्यापिटलले इकाईमा आवेदनको लागि ३ दिन समय थप गरी भदौ ८ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरेको हो।
क्यापिटलले गत साउन ८ गतेदेखि दश वर्ष अवधिको १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्। इकाईमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाखसम्म आवेदन दिन पाइने व्यवस्था छ।
२०७६ भदौ ६ मा प्रकाशित